काठमाडौं । नेपालका लागि याडिया ब्रान्डको ई–स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले ३० हजार रुपैयाँको नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ ।
विद्युतीय दुईपांग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने गरी ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याउन र आकर्षक ३० हजार रुपैयाँ नगद छुट, ६.९९ प्रतिशत ब्याजको साथ सजिलो ईएमआई र एक वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन् ।
यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ । हाल नेपालमा कम्पनीका सी१एस, जी५ र एस लाइफ तीन मोडलका ब्राण्डहरु उपलब्ध छन् । उनीहरुको मूल्य क्रमशः तीन लाख ७० हजार रुपैयाँ, तीन लाख ५० हजार रुपैयाँ र दुई लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।