काठमाडौं । सिन्सियर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड सफलताको २३औँ वर्षमा प्रवेश गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २८ मा रहेको संस्था आफ्नो स्थापना कालको गरीमामय २२औँ वर्ष पूरा गरी २३औँ वर्षमा सफलतापूर्वक प्रवेश गरेको उक्त संस्थाले जानकारी दिएको छ । संस्थाले हालै आफ्नो २२औँ वार्षिक साधारणसभा पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।
संस्थाले निरन्तररूपमा आफ्ना सेयरधनीहरूलाई प्रतिफल बाँड्न पनि सफल भएको जानकारी दिएको छ । सो अवसरमा संस्थाले सहकारी ऐन, नियम र निर्देशनबमोजिम रही तोकिएका सन्दर्भ ब्याजदर मात्र कर्जा लगानी गर्ने र हालको वित्तीय बजारलाई ध्यानमा राखी निक्षेपमा ब्याज प्रदान गर्दै आएको जनाएको छ ।
विद्यमान अवस्थामा पनि आफ्ना सेयर सदस्यहरूलाई गुणस्तरीय र छिटो सेवा प्रदान गर्दै आएको संस्थाले आफ्ना सेयर सदस्यहरूलाई कोरोनाको महामारीमा पनि घर–घरमा गएर निक्षेप रकम वितरण गरेको थियो । संस्था हालको समयमा पनि एउटा स्वतः सञ्चालनमा आई आफ्ना सेयर सदस्यको विश्वास जित्न सफल भएको संस्थाको दाबी छ । संस्थाले प्रवाह गरेको उत्कृष्ट सेवाकै कारण काठमाडौं उपत्यकाको एउटा अब्बल सहकारी संस्थाको रूपमा सिन्सियर स्थापित भएको संस्थाको भनाइ छ ।
संस्थाको आर्थिक वर्ष ०७८÷०७९ असार मसान्तसम्म कुल निक्षेप ६५ करोड ३६ लाख ५५ हजार तीन सय ६२ रूपैयाँ ७५ पैसा र कुल कर्जा तथा लगानी ५२ करोड तीन लाख चार हजार पाँच सय ६१ रूपैयाँ ४६ पैसा तथा अन्य लगानी २१ करोड ४० लाख छ हजार दुई सय ११ रूपैयाँ सात पैसा रहेको छ । संस्थाको सेयर पुँजी तीन करोड ९७ लाख ३० हजार सात सय र जगेडा कोषमा छ करोड ११ लाख ५६ हजार ७० रूपैयाँ २३ पैसा रहेको छ । संस्थाले आव ०७८÷०७९ मा सेयर सदस्यहरूलाई नगद लाभांश र कारोबारको आधारमा पुँजी फिर्ताकोषमा रहेको रकम वितरण गरेको जानकारी दिएको छ । संस्थाले आफ्नो दीर्घकालीन विकासको लागि संस्थागत सुशासनलाई प्रभावकारी ढंगले विकास गर्दै लगेको जनाएको छ । आफ्नो कारोबारलाई पारदर्शी तथा यथार्थपूर्वक बनाउन सम्बन्धित निकायलाई आवश्यक जानकारी गराउँदै नेपाल सरकारको सम्बन्धित निकायबाट जारी गरेको मापदण्ड क्रमशः लागू गर्दै लैजान जानकारी पनि संस्थाले दिएको छ ।
संस्थाले सम्पत्ति शुद्धीकरण निवारण तथा जोखिम व्यवस्थापनसम्बन्धी नीति एवं कार्यविधको साथै संस्थालाई आवश्यक पर्ने नीति नियम जारी गरी सोसम्बन्धी कार्यको कायान्वयन गरिरहेको अवस्था छ । अतः संस्थाको कुशल व्यवस्थापनको लागि कर्मचारीको दक्षता र क्षमता अभिवद्धि गर्दै लैजाने साथै आफ्नो उद्देश्यलाई योजनाबद्धरूपमा लैजाने र दैनिक कारोबारलाई व्यवस्थितरूपमा अगाडि बढाउनको लागि कर्मचारीको व्यवस्थालाई महत्वपूर्ण अंगको रूपमा लिई सफल व्यवस्थापन गर्दै आएको जानकारी दिएको छ । यसबाट सम्पूर्ण बचतकर्ता तथा ऋणी सेयर सदस्यहरू लाभान्वित भएको हाम्रो ठहर गरेको संस्थाको भनाइ छ । संस्थाको उतरोत्तर उन्नति, प्रगति र सम्मृद्धिको लागि सम्पूर्ण सेयर सदस्य लगायत पदाधिकारीहरू र सम्बन्धित निकायहरूमा हार्दिक कृतज्ञता अर्पण गरेको संस्थाले जनाएको छ ।