काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकहरूलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग मिति २०७९ साल माघ २९ गते आइतबारको दिन सम्झौता गरेको छ ।
यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौतापश्चात् सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।