काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही फागुन १८ गते बाँकेस्थित गाभर भ्याली सामुदायिक होम स्टेमा आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड ५६ लाख २५ हजार रूपैयाँमध्येबाट ६१ दशमलव ७५ प्रतिशत अर्थात् चार करोड पाँच लाख २३ हजार दुई सय रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।