काठमाडौं । नेपालबाट लुप्त भएको धेरै समयपछि नेपाली बजारमा सामसङको लोकप्रिय टप–टायर फोल्डेबल्स फोन फेरि सार्वजनिक गरिएको छ । सामसङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड४ गत वर्ष बजारमा उपलब्ध भए पनि धेरै समयसम्म देखा परेका थिएनन् । यिनै उत्पादनहरु लामो पर्खाइपछि सामसङको अन्य प्रमुख उत्पादनहरुसँगै हालसालै बजारमा उपलब्ध भएका छन् ।
कम्पनीले आफ्ना उत्पादनको पुनरागमनलाई अझ सशक्त बनाउन विभिन्न अफरहरु समेत ल्याएको छ । कम्पनीका अनुसार ग्यालेक्स जेड फोल्ड४ खरिद गर्दा १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ मूल्य पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकलाई ३९ हजार रुपैयाँ बचत हुन गई अत्यधिक लाभ हुनेछ ।