काठमाडौं । सेयर बजारको ओरालो यात्राले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १६ दशमलव ४० अंकले ओरालो लागेको बजार परिसुचक आज १३ दशमलव ९० अंकले ओरालो लागेर दुई हजार ९१ दशमलव ५६ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले ओरालो लागेर चार सय दशमलव १४ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३३ हजार आठ सय ४३ पटकको कारोबारमा ४८ लाख १५ हजार एक सय २० कित्ता सेयर खरिद बिक्री भएका छन । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७३ करोड २५ लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।