काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५७ मिनेटमा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले बताइन् । उनको शरीरको ७० प्रतिशत भागमा जलेको थियो । बुद्धनगरस्थित निवासमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी वर्षीया आमा गम्भीर घाइते भएका थिए । सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।