काठमाडौं,प्रिमियर लिगको उपाधिको दाबेदार मानिएको क्लव म्यान्चेस्टर सिटी आर्सनललाई हराउँदै इग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उत्रिएको छ । बुधबार राति भएको खेलमा अङ्क तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई सिटीले ३-१ गोल अन्तरले पराजित गरेको थियो । खेलको सुरुवाति समयमा सिटीका लागि केभिन डे ब्रुएनाले अग्रता दिलाएका थिए । त्यसको केहि समयपछि आर्सनलका बुकायो साकाले बराबरी गोल फर्काएका थिए । खेलको दोस्रो हाफमा सिटीका ज्याक ग्रेलिस र इर्लिङ हल्याण्डले गोल गरेपछि सिटीले सहज जित निकाल्न सफल भएको थियो । यो सँगे सिटी र आर्सनलको समान ५१ अङ्क रहेको छ ।