सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका ५ का वर्ष ३७ का राजकुमार राई, ३९ वर्षीया अस्ती कुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।
उनीहरूले सोलुदुधकुण्ड नगरपालिका ५ क्याम्पस टोलमा गाई काट्दै गरेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा बिहीबार चार जनालाई नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारै जना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्न आएको छ ।