काठमाडौं । हाम्रोपात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ आज सार्वजनिक हुने भएको छ । कम्पनीले लामो समय देखि आफ्नै डिजिटल प्लेटफर्म सञ्चालन गर्ने तयारीमा रहेको हाम्रोपात्रोले अब यो एप सार्वजनिक गर्ने भएको हो । हाम्रो पेमा बिल स्प्लिट फिचर समावेश हुने बताइएको छ । यसका माध्यमबाट कुनै एउटा बिल धेरै प्रयोगकर्ताले शेयर गरेर तिर्न सक्नेछन् । कम्पनीले एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई हाम्रो पे सार्वजनिक हुनुपूर्व प्रयोग गर्नको लागि गुगल फारम भर्न अनुरोध गरेको छ । औपचारिक रुपमा सार्वजनिक हुनु भन्दा अगाडि हाम्रो पे प्रयोग गर्ने १० प्रयोगकर्ताले भने औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी हुन पाइने कम्पनीले जनाएको छ ।