काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएर फर्किएसँगै नेपालको भावि राष्ट्रति उम्मेदवारहरुको नाम फेरिने आशंका बढेको छ । प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो दिन आएको प्रचारप्रसार गरिएपनि निम्तो दिनै बिर्सिएर फर्किएका विदेश सचिव क्वात्राले नेपालमा रहँदा १६ जना नेताहरुसँग भेटे र प्रधानमन्त्री प्रचण्डसँग दुईपटक भेटे । उनी नेपालबाट फर्किएपछि नेपालको भावि राष्ट्रपतिमा यस अघि चर्चामा आएका नाम साटेर नयाँ व्यक्ति प्रस्ताव गरेको चर्चा हुन थालेको छ ।