मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटरबाट अवैध लागूऔषध गाँजा करिब २५ केजी ७ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.१ ह. ८९६६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार अटो चालकको खोजी गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।