काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गतेको निर्वाचनका लागि अनलाइन मिडियाहरुलाई दिएको विज्ञापनको स्वीकृत रकम ३५ हजार रुपैयाँमध्ये ११ हजार रुपैयाँ मात्र दिने भनी एउटा विज्ञापन एजेन्सिले आयोगलाई कमिशन दिएका कारण रकम घटेको ओठे जवाफ दिएर अनलाइन मिडियाका सञ्चालकहरुलाई फर्काएपछि पत्रकार महासंघले उक्त कमिशनतन्त्र विरुद्ध आन्दोलन गर्ने तयारी थालेको थाहा भएको छ । तर आयोगले हालै सम्पन्न संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पहुँचका भरमा केहि अनलाइन मिडियालाई सोझै लाखौँ रुपैयाँको विज्ञापन दिएर भुक्तानी गरिसकेको सुलसुलेले थाहा पाएको छ ।