काठमाडौं । शनिबार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले २६०औं सेना दिवस मनाएको छ। महाशिवरात्रीको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी हरेक वर्ष नेपाली सेनाले सेना दिवस मनाउने गरेको छ।
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।राष्ट्रपति विद्यादेवी भण्डारी यस समारोहमा प्रमुख अतिथि रहेकी छिन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति पनि हुन्।
सो कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ‘महाशिवरात्री र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की लगायत उपस्थित थिए। समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।