काठमाडौं,सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाई राजतन्त्र फर्काउने अभियानमा लागेका छन् । उनले गत १ गते मेची पुलबाट उक्त अभियान शुरु गरेका हुन् । उनको उक्त अभियान पछि सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्र र उनकै पार्टी एमालेमा हलचल पैदा भएको छ । शुक्रबार झापा पुगेका सभामुख देवराज घिमिरेले पनि एमालेले आफ्नो केन्द्रीय सदस्य प्रसाईको क्रियाकलाप के हो ? भन्ने प्रश्नको जवाफ दिनुपनेै बताएका छन् ।