काठमाडौं,राजनीतिक नियुक्ति लिएर कृषि विकास बैंकको अध्यक्ष भएका रमेश कुमार दुवाडीले राजीनामा दिएका छन् ।बाफियाका अनुसार स्नातकोत्तर उत्तीर्ण गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्ष सञ्चालक वा पदाधिकारी वा नेपाल सरकारको अधिकृत तहमा पाँच वर्ष काम गरेको अनुभवसहितको स्नातक तहको शैक्षिक योग्यता भएको व्यक्ति मात्रै नेपाली बैंकहरुको सञ्चालक हुन पाउनेमा कानुनविपरीत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको रुचिमा १७ महिनाअगाडि कृषि विकास बैंकको सञ्चालक हुँदै गत पुसमा अध्यक्ष भएका थिए ।
बिहीबार अयोग्यको विषयमा बोलिदिन आग्रह गर्दै टेलिफोन गरेका आर्थिक दैनिकका प्रतिनिधिलाई आफू व्यस्त रहेकोले शुक्रबार यसबारे बताउने भन्दै फोन काटेका थिए । दुवाडीले शुक्रबारको टेलिफोन सम्पर्कमा अयोग्यको विषय चर्चामा आउन थालेसँगै अर्थमन्त्री विष्णु पौडेलले समेत राजीनामा दिन आग्रह गरेकोले आफूले शुक्रबार नै पदबाट राजीनामा दिएको बताए ।