काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६५ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड २७ लाख ९२ हजार पाँच सय ३० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ९० करोड ५२ लाख ३८ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४० करोड २७ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड २९ लाख २१ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव ३० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७३ करोड ८६ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २२ करोड चार लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ६८ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ११ प्रतिशत रहेको थियो ।