काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना दुुईवटा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरू कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन् ।
यी एक्स्टेन्सन काउन्टरहरूको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा एक सय ४४ वटा शाखा, १६ एक्सटेन्सन काउन्टर र पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ७९ वटा एटीएम, २५ सयभन्दा बढी रेमिटयान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।
यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुधृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।
साथै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।