काठमाडौं । नेपाली कांग्रेसका संस्थापक सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठानले प्रजातन्त्र दिवसको अवसर पारेर किसुनजी विचार गोष्ठी एवं सम्मान कार्यक्रम आयोजना गरेको छ । प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभा गृहमा सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) प्रतिष्ठान गोकर्णशवरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । किसुनजी प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ को अध्यक्षाता र ओशो तपोवनका संस्थापक एंव आध्यात्मिक गुरु स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यमा सुरु भएको छ । कार्यक्रममा बोधिसत्व अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति एंव बरिस्ठ संस्कृति विद् डा. जगमान गुरुङ , पुर्व संस्कृति तथा पर्यटन तथा नागरिक उडान मन्त्री तथा राजदुत दिप कुमार उपाध्याय, पुर्व मन्त्री एंव लोसपा का बरिस्ठ नेता शरद सिंह भण्डारी , बरिस्ठ पत्रका युवराज घिमिरे , लगायतको उपस्थिति रहेको छ ।