काठमाडौं, चैत ३ गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ९३ करोड ८५ लाख २० हजार रूपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रूपैयाँमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ९३ लाख ८५ हजार दुुई सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । अधिकृत पुँजी दुुई अर्ब र जारी पुँजी दुुई अर्ब रूपैयाँ नै रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रूपैयाँ पुुगेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही चैत २० गतेबाट खुला हुुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी बैंशाख १० गतेसम्म कायम रहनेछ ।