काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए), हङ्जउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर आयोजना गरेको एसियाली खेलकुद फन रनमा दराज नेपाल पनि सहभागी भएको छ ।
एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवर्द्धन गर्ने उद्देश्यले उक्त खेलकुद फन रन आयोजना गरिएको थियो । साथै दराज नेपाल यस अभियानको समर्थकको रूपमा पनि रहेको थियो । उक्त फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये दराजबाट १४ धावकहरूले भाग लिएका थिए ।
उक्त कार्यक्रम फेब्रुअरी १७ मा बिहान ६ः३० बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो । दौड पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स थियो । एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागि ओसीएको जारी प्रयासको एक हिस्सा हो । यसको उद्देश्य खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीहरूलाई एकैठाउँमा ल्याउने रहेको बताइएको छ ।