हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुगेकी छन्। हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजे हेटौँडा पुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले राससलाई जानकारी दिए । हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।