काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र चार गते सुनसरीस्थित दुर्गा पार्टी प्यालेसमा वार्षिक साधारणगर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी आठ करोड ५८ लाख रुपैयाँमध्येबाट ११ प्रतिशतको अनुपातमा ९४ लाख ३८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत अर्थात् चार लाख ९६ हजार सात सय ३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी आठ करोड ५८ लाख रुपैयाँलाई वृद्धि गरी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।