काठमाडौं । कृषि विकास बैंक लि. बैंक सञ्चालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस गर्न गठित उपसमितिको सिफारिसका आधारमा बैंक संचालक समितिले गोविन्द गुरुङलाई चार वर्ष कार्यअवधिका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विगतमा सिभिल बैंक लि र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहिसकेका गुरुङसँग बैंकिङ क्षेत्रको लामो अनुभव छ ।
कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंक सञ्चालक समितिका अध्यक्षसमक्ष शपथग्रहण गराउनुपर्ने प्रावधानअनुसार सञ्चालक समिति बैठकका अध्यक्ष सुमन दाहालले प्रमुख कार्यकारी अधिकृत गुरुङलाई शपथग्रहण गराए । उक्त अवसरमा सञ्चालक समितिका सदस्यहरू क्रमशः डा. राजेन्द्र प्रसाद मिश्र, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, बिनोद कुमार गुरांगाई बैंकका उपमहाप्रबन्धकहरू क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दीर्घ बहादुर अर्याल, बाबुकाजी थापा, प्रेम कुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मलप्रसाद उपाधयाय कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल र सचिवालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
साथै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतगुरुङले बैंकमा हाल कार्यरत उपमहाप्रबन्धकहरू सम्पूर्ण विभागका विभागीय प्रमुखहरू सबैको उपस्थितिमा कर्मचारी बैठक आह्वान गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैंकिङ बजारलाई बुझेर बैंकलाई अझ बढी सशक्त ढंगले अगाडि बढाउने गरी विभागीय कार्यहरू अगाडि बढाउन निर्देशन दिए ।