सुर्खेत । मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब ठूलो पार्टी बन्न नसक्ने बताएका छन् । प्रचण्डले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने उनले बताए । एमालेका कारणले गठबन्धन नटुटने भट्टराईले बताएका छन् । उनले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने धारणा राखेका छन् । यस्तो वाहियात काम एमालेले गर्न सक्दैन उनले भने । राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको भट्टराईले बताए । सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने उनको भनाइ छ ।