काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ५५ लाख ७१ हजार पाँच सय दुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा आठ करोड ४५ लाख ४२ हजार एक सय ३९ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ३८ करोड २२ लाख नौ हजार दुई सय ३१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४९ करोड ९४ लाख २७ हजार छ सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ३७ लाख ६८ हजार सात सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने दुई करोड ६९ लाख ३८ हजार पाँच सय पाँच रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव ३७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३४ करोड १९ हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ५२ लाख ३९ हजार चार सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८८ लाख ३२ हजार ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्र्रेड दर तीन दशमलव ११ प्रतिशत रहेको थियो ।