काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो । मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको थियो । दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ मा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।