काठमाडौं । आईएमई–पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्स्योरेन्स पोलिसी नवीकरणबापतको शुल्क आईएमई–पेमार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौतापत्रमा आईएमई–पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।