काठमाडौँ । बिहीबार निजी निवास बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केक काटेर आफ्नो ७२ औँ जन्मदिन मनाएका छन् ।

उनले आफ्ना पिता मोहनप्रसाद ओलीलाई केक काटेर खुवाएका थिए । बालकोटमा पार्टीका शुभेच्छुकहरूले फूलको गुच्छालगायत उपहारहरूसमेत ओलीलाई दिएका थिए । उनको जन्म फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा २००८ साल भएको थियो ।