काठमाडौं, चैत ४ विदेशी विनिमय मुद्दाकी फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ घर भएकी ३७ वर्षीया साङ्डोमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ साउन २० गतेको फैसलाले ६८ लाख ६२ हजार चार सय १३ रूपैयाँ १३ पैसा जरिवाना भई ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार शेर्पालाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । शेर्पालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेश गरिकोमा अदालतको आदेशले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।