विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनर व्यवस्थापन सङ्कायका सात जना प्राध्यापकलाई सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेमा डा. शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद सङ्ग्रौला, डा. जनकनाथ सापकोटा र जयकुमार महतो छन् ।
दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो ।
सम्मानित डा. चौधरी विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा. सुवेदी वित्तशास्त्र, सङ्ग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखा शास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । राससका अनुसार उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सहपरीक्षा नियन्त्रक डा. उद्धव पोखरेलले सम्मानित गरेको हो ।