मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझी रहेका छन् । गएराती घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको प्रहरीले जनाएको छ