काठमाडौं । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने भएसँगै उक्त पार्टीको बैठक सुरू भएको हो।

कांग्रेसका पौडेललाई ८ दलले समर्थन गर्दैछन्। नेकपा माओवादीले कांग्रेसलाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।