काठमाडौँ । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउन नेम्वाङसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू बानेश्वर पुगेका थिए । शनिबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएपछि उनले भने- 'मलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको छ । मलाई खुसी लागेको छ । अहिले म जनताको पक्षमा छु । त्यसैले म सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि आएको छु । र,म त्यो दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्छु । हाम्रा विगतका राष्ट्रपतिको अधारसमेतलाई ध्यानमा राखेर जनताको राष्ट्रको जिम्मेवारी पूरा गर्छु ।'