काठमाडौं, चैत ४ बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरूको कार्यविधि बनाई सञ्चालन गरेको छ । यसअन्तर्गत बैंकको प्रधान कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयहरूमा उत्सवस्वरूप सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइएको बैंकले जानकारी दिएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।