काठमाडौं । हिमाल अस्पतालको लापरबाहीका कारण २८ महिने आफ्नी छोरीको ज्यान गएको आरोप लगाउँदै आएका मृतकका बाबुआमा तथा आफन्तहरुले छोरीको न्याय माग गर्दे प्रदर्शन गरेका छन् । आफ्नी छोरीले न्याय पाउनुपर्ने माग राख्दै हिमाल अस्पताल गेट अगाडि मृतकका आफन्तहरुले प्रदर्शन गरेका हुन् । छोरीको उपचारमा संलग्न डाक्टरले लापर्वाही गरेको आरोप लगाउँदै उनीहरुले छोरीको न्यायका लागि डाक्टर र अस्पतालले जिम्मेवार हुनुपर्ने बताएका छन् । साथै उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले मान्छे मार्न पाइँदैन,यस्तो डाक्टर चाहिँदैन । हिमाल हस्पिटल मुर्दावाद । सेवा दिने नाममा मानवता बेच्न पाइँदैन । हत्यारा डाक्टर सार्वजनिक गर । सम्पती बेचेर होइन, दिमाग बेचेर डाक्टर बन । लगायत लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए । सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनका बाबुआमाले हिमाल अस्पतालमा माघ २३ गते लगेका थिए । हिमाल अस्पतालका चिकित्सकको लापरबाहीका कारण छोरीको ज्यान गएको अभिभावकको आरोप छ ।