काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा १९ उपदफा २ बमोजिम संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र संस्थाको लेखापरीक्षण गराउनुपर्नेमा ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेजीमा परेको हो । महानगरपालिकाले २०७९ असार १५ मा पत्रिकामा ३५ दिने सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएपनि तोकिएको मितिभित्र सहकारीहरुबाट सम्बन्धित कोहीपनि व्यक्ति ससम्पर्कमा नआएकोले २९ माघको बैठकले उक्त सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएको जनाएको छ । महानगरले ती १० वटा सहकारी संस्थाहरुले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साविकका सञ्चालक समितिका पदाधिकारीहरुसँग सम्पर्क गरी फरफारक गर्न पनि महानगरले अनुरोध गरेको छ । साथै अब उप्रान्त उक्त संस्थाहरुबाट कुनैपनि कारोबार नगर्न /नगराउन महानगरले अनुरोध गरेको छ ।