काठमाडौं,शिवशिखर सहकारीका संचालकलाई सहकारीका बचतकर्ताहरुले जिल्ला छाड्न प्रतिबन्धको माग गरेका छन् । बचतकर्ताहरुले सहकारीका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्ला बाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने व्यवस्थाको माग गरेका छन् । यहिले उक्त सहकारीका शाखाहरुमा आर्थिक समस्या देखा परेपछि बचतकर्ताहरु डराईरहेका छन् । उक्त सहकारीका बचतकर्ताहरुले झण्डै एक अर्ब ५० करोड रुपैयाँ पैशा जम्मा गरेका छन् । जिल्ला प्रहरी कार्यालय,कैलालीमा आइतबार दुई पक्षबिच पाँच बुँदे सहमति भएको हो ।बचतकर्ताहरुले सहकारीका विपद् समितिका संयोजक भोजराज पौडेल,प्रदेश प्रबन्धक र शाखा प्रवन्धकसँग पाँच बुँदे सहमति गरेका छन् । सहमतिमा सहकारीका सुदूरपश्चिमका कर्मचारीको तलब सुविधा सहितको विवरण,सहकारीले बैंकहरुसँग गरेको कारोबार,शिवशिखरको सम्पती विवरण र असुलीका लागि जिल्ला प्रशासन कार्यालय,सहकारी विभाग र बचतकर्तासहितको समिति गठन गर्ने र कार्यालय संचालन गर्ने सहमति भएको छ ।