काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाका अनुसार काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ स्थायी वतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ५८ वर्षीय रविभक्त सैंजुलाई मंगलबार पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक थापाका अनुसार उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा दुई वर्ष कैद र ८६ लाख ७० हजार पाँच सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सैंजुलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको हो । पक्राउ परेको संैजुलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।