काठमाडौं । कुमारी बैंक लिमिटेडर सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरूबाट सहजरुपमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउनेछ ।
यस सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै कर्जाको अवधि आठ वर्षसम्म रहने प्रावधान गरिएको छ । आफ्ना देशव्यापी तीन सय चार शाखा सञ्जाल, दुई सय ९४ वटा एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।