भक्तपुर । लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-१ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिस सिल्पकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरबाट २०७४ जेठ ३० गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई १ महिना ९ दिन कैद भुक्तान गरी १ वर्ष १० महिना कैद र १ लाख रूपैयाँ जरिवाना भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई भक्तपुर सूयविनायक नगरपालिका-१० साँगाबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।