कैलाली । धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही उपमहानगरपालिका-१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।