काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड तीन लाख १९ हजार पाँच सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड ७१ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ३९ करोड ३९ लाख ७९ हजार पाँच सय ८७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३० करोड २१ लाख ६२ हजार नौ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १८ लाख छ सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ८० लाख ४९ हजार दुई सय २२ रुपैयाँ रहेको संस्थामा तीन दशमलव ८३ प्रतिशत स्प्रेड दर रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३१ करोड ४२ लाख ३२ हजार आठ सय १९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३३ करोड ८७ लाख २२ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ३१ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर आठ दशमलव चार प्रतिशत रहेको थियो ।