एथेन्स । मध्यग्रिसमा मंगलबार राति दुई रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य ६६ जना घाइते भएकामा अस्पतालमा भर्ना भएका छन् ।

अग्नि नियन्त्रक सेवाका प्रवक्ता भासिलियोस वाथ्राकोगियानिसले पत्रकार सम्मेलनमा विशेष युनिटसहित एक सय ५० भन्दा बढी अग्नि नियन्त्रकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्यमा भाग लिइरहेको जानकारी दिए ।