काठमाडौं । झापाको कन्काई नगरपालिका-३ नयाँबस्तिस्थित सडकमा बा.१८ च. २२४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया साबित्रा देवी भण्डारीको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, उदयपुर, कटारी नगरपालिका-३ राजाबासस्थित सडकमा प्रदेश १-०१-००१ च. ८५९५ नम्बरको बोलेरोबाट लडेर सोही ठाउँ बस्ने ३३ वर्षीया रेणुका खड्गीको बिहीबार बिहान मृत्यु भएको छ ।
बोलेरोबाट झर्ने क्रममा मंगलबार साँझ लडेर गम्भीर घाइते भएकी उनको कटारी अस्पताल हुँदै बिराटनगर न्युरोमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।