काठमाडौं,यूएईलाई पराजित गर्दै नेपाली युवा क्रिकेट टोलीले विश्वकपमा प्रवेश पाएको छ।लगातार तीनवटा संस्करणमा नेपालले यु-१९ विश्वकप खेल्न प्रयास गर्दा यूएई बाधक बनेको थियो। त्यही यूएईलाई आईसीसी यु-१९ एशिया कपमा बिहीवार ७ रनले जित्दै नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि छानिएको छ। यूएईको घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले ४८.५ ओभरमा अलआउट हु‍ँदै १९१ रन जोड्यो।जबाफी ब्याटिङमा आएको यूएईलाई ४८ ओभरमा १८४ रनमा नेपालले सीमित पारिदियो। उपाधि जितेसँगै नेपालको विश्वकप पुग्ने आठ वर्षको पर्खाइ पूरा भएको छ।अन्तिम समयमा दीपेश कँडेलले नाटकीय रूपमा ह्याट्रीक गर्दै तीन विकेट लिएपछि जित सम्भव भएको हो। त्यसको केही बेरअघिसम्म नेपाल उक्त खेलमा हारको सँघारमा थियो।(बीबीसी)