काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरिरहेको छ ।
फागुन १५ देखि सञ्चालन भएको योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहे उचित मूल्यांकनका साथ टीसीएलको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकवर्गहरुले फोन नं. ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्नेछ । यो सुविधा ग्राहकवर्गहरुले घरमै बसी बसी लिनसक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टीसीएल एसीहरुमा पाँच वर्षको कम्प्रेसर वारेन्टी छ ।