धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् । आइतबार दिउँसो प्रदेश सभा बैठकमा उपस्थितमध्ये शाहले ५२ जना सांसदमध्ये पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम माघ २६ मा मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३)अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।