काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयर रजिस्टार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । शुक्रबार कम्पनी र क्यापिटलबीच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुने समेत जनाइएको छ । उक्त सम्झौतामा मायाखोला हाइड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मायाखोला हाइड्रोपावर कम्पनीले फागुनको पहिलो साताबाट विद्युत् उत्पादन परीक्षण गरिरहेको छ भने सिटिजन्स क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।