काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र ११ गते धुलिखेलस्थित हिमालय दृश्य होटलमा आफ्नो नवौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९२ रूपैयाँमध्येबाट तीन प्रतिशतका दरले हुनआउने एक करोड दुई लाख ८२ हजार दुई सय २५ रूपैयाँबराबरको नगद लाभांश र १५ प्रतिशतका दरले हुन आउने पाँच करोड १४ लाख ११ हजार छ सय २८ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।